कहिले पुनर्निर्माण होला रंगशाला ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कहिले पुनर्निर्माण होला रंगशाला ?


७ मंसिर २०७४, बिहिबार


काठमाडौं । भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि दशरथ रंगशाला पुनर्निर्माण कार्य सुरु नै भएको छैन् । पुनर्निर्माणका लागि टेन्डर हुन नसक्दा सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग प्रभावित हुने देखिएको छ ।

सरकारले आवश्यक बजेट विनियोजन गर्दै सागअघि नै पुनर्निर्माण गरिसक्ने जनाएको थियो । अहिले पुनर्निर्माणका लागि रंगशालाको संरचना भत्काउने काम भइरहेको छ । टेन्डरपछि निर्माणका लागि प्रक्रियागत रूपमा समय लाग्ने भएकाले समयमै काम पूरा गर्न कठिन हुने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्यायले बताए ।

रंगशालाको साधारण प्याराफिटलगायतका ठाउँमा रेट्रोफिटिङको काम भने सम्पन्न भएको छ । अहिले साधारण र भिआइपी प्याराफिटतर्पm छत भत्काउने काम भइरहेको छ । सरकारले तत्काल खर्च गर्न सात करोड उपलब्ध गराएको थियो । साधारण प्याराफिट भत्काउने जिम्मा भीमेश्वर बिल्डरले पाएको छ । उसले ३५ लाख रुपैयाँमा ठेक्का लिएको छ । भिआइपीतर्पm एक करोडभन्दा बढी लगानीमा गिरी कन्स्ट्रक्सनले भत्काउने काम गरिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को परिसरमा बन्न लागेको कर्मचारी भवन र खेलाडी अस्पताल निर्माणका लागि २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कर्मचारी भवन र खेलाडी अस्पतालको निर्माण पनि सागअघि नै सम्पन्न भइसक्नुपर्ने हुन्छ । तर, अहिलेसम्म टेन्डर प्रक्रिया बाँकी नै छ । खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले निर्माण हुने भवनको शिलान्यास गरिसकेका छन् ।

रंगशाला निर्माण समयमै सम्पन्न हुनुपर्ने भए पनि सरकारी बेवास्ताका कारण सागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण पर्याप्त हुनेमा खेलकुदसँग सम्बन्धित संघसंस्थाले आशंका जनाएका छन् । काठमाडौं, पोखरालगायतका सहरलाई विकेन्द्रित गरी साग आयोजना गरिने बताइएको छ । तर, पोखरा रंगशालाका लागि हालै मात्र ग्लोबल टेन्डर आह्वान गरिएको छ । सो रंगशाला १० महिनाभित्र सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको छ । यस्तै, ओलम्पिक कमिटीको विवाद र राजनीतिक अस्थिरताले पनि रंगशाला पुनर्निर्माणमा समस्या देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस