बिहिबार राजपाको घोषणापत्र सार्वजनीक हुँदैे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिहिबार राजपाको घोषणापत्र सार्वजनीक हुँदैे


६ मंसिर २०७४, बुधबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले बिहिबार चुनावी घोषणापत्र सार्वजनीक गर्ने भएको छ । राजपाले भोली महोत्तरीको जलेश्वरमा कार्यक्रम गरी आगामी प्रतिनीधि र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनीक गर्न लागेको हो ।

राजपा अहिले आगामी मंसीर २१ गते निर्वाचन हुँने दुई नम्बर प्रदेशमा चुनावी प्रचारप्रसारमा व्यस्त छ ।

राजपाका शिर्ष नेताहरू महन्थ ठाकुर महोत्तरी-३, राजेन्द्र महतो धनुषा-३, शरदसिंह भण्डारी महोत्तरी-२, महेन्द्र राय यादव सर्लाही-२, अनिलकुमार झा रौतहट-१ र राजकिशोर यादव सिराहा-४ बाट प्रतिनीधिसभा सदस्यको निर्वाचन लड्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस