२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ कात्तिकमा पक्राउ परेका भारतीय ‘सुटर’ पूर्वप्रहरी र सरपञ्च

अ+ अ-

काठमाडौं । गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले आफू प्रहरीको जागिर छाडेर राजनीतिमा लागेको बताएका छन् । उनी पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो । उनी भाजपाबाट चुनाव लडेका थिए ।

पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् । दुवैजनालाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेलगत्तै प्रहरीले उनीहरू ‘हाई प्रोफाइल मर्डर’को उद्देश्यले काठमाडौं आएको अनुमान गरेको थियो । तर, तीन साता लामो अनुसन्धानमा उनीहरू हतियारसहित आउनुको कुनै उद्देश्य खुलेको छैन । आफूहरू घुम्नकै लागि नेपाल आएको उनीहरूले बताएका छन् । बरामद पेस्तोल लाइसेन्सप्राप्त नै भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहले भारतमा जग्गाको विषयमा आफ्नो विवाद भएको र त्यहीकारण लाइसेन्सप्राप्त हतियार बोकेर हिँड्ने गरेको बताएका छन् । जसवन्त लुधियानामा कृषि फार्म चलाउने गर्छन् ।

कुनै आपराधिक योजनाका साथ नेपाल आएको आशंकामा अन्दरदेशीय तथा आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोले समेत उनीहरूमाथि सोधपुछ गरेको थियो । ब्युरोका एक अधिकारीका अनुसार हालसम्मको अनुसन्धानमा उनीहरूको कुनै ‘आपराधिक योजना’ देखिँदैन । भारतीय नागरिकहरू नेपालमा पेस्तोल लिएर आउनुले ‘सुटर’ भएको आशंका गरिएको हो ।

कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो वुथ डान्सबार’ मा बिलको विषयलाई लिएर गोली चलाउँदा उनीहरू गत १५ कात्तिकमा पक्राउ परेका थिए । गोली चलाएर भाग्ने क्रममा पेस्तोल र ५१ राउन्ड गोलीसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको अघिल्लो दिन मात्र उनीहरू पिबी १० एफएस ७४४९ नम्बरको सुजुकी स्विफ्ट कार चढेर सुनौली नाका हुँदै नेपाल आएका थिए । कार पनि प्रहरीले बरामद गरिसकेको छ । ठमेलको एक होटेलमा बसेका उनीहरू युवती खोज्दै सो डान्सबार पुगेका थिए । डान्सबारमा २२ हजारको बिल उठेपछि उनीहरूले कर्मचारीसँग झगडा गरेका थिए । आफूहरूमाथि कुटपिट हुन लागेपछि तर्साउन गोली चलाउनुपरेको उनीहरूले बयान दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments