२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीमा ब्रह्मलुट

अ+ अ-

काठमाडौं । किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्रतिशतदेखि अधिकतम एक सय २२ दशमलव २२ प्रतिशतसम्म नाफा लिएर उपभोक्तालाई बिक्री गरेको देखाएको छ । आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले किसानको तरकारी मूल्यमा प्रतिकेजी ४५ रुपैयाँदेखि ५० रुपैयाँ थप गरी व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जानकारी दिए ।

‘परल मूल्यमा किलोमै ५० रुपैयाँ थपेर व्यापारीले उपभोक्तालाई तरकारी बिक्री गरेका कारण तरकारीको मूल्य महँगिएको हो’, निर्देशक श्रेष्ठले भने,‘संकलक, थोक बिक्रेता र खुद्रा बिक्रेतासम्मको तीन तहमा सहभागी व्यापारीले सहजै यो परिमाणमा नाफा लिने गरेका छन् । यसका कारण उपभोक्ताको भान्छा महँगिएको हो ।’

तरकारीको मूल्य अकासिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षण भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा कात्तिक २६ मा बसेको सर्वपक्षीय बैठकबाट बढ्दो तरकारीको मूल्य नियन्त्रण गर्न आपूर्ति विभागलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आपूर्ति विभागले तरकारीको मूल्य शृंखलाबारे अध्ययन गर्न विभागकै निर्देशक निरज पौडेलको संयोजकत्वमा टोली गठन गरेको थियो ।

टोलीले कात्तिक २८ देखि सोमबारसम्म स्थलगत अध्ययन गरी विभागलाई प्रतिवेदन बुझाएको छ । टोलीले काभ्रे पाँचखाल, धादिङ, नुवाकोट र मकवानपुरको दामन, पालुङ, बज्रबाराही र टिस्टुङका तरकारी उत्पादक, स्थानीय संकलक तथा व्यापारी, कालिमाटी बजारका व्यापारी, खुद्रा व्यापारीलगायतसँग अन्तक्रिया गरी प्रतिवेदन तयार पारेको हो ।

‘अध्ययन गरी तयार पारिएको प्रतिवेदन यसै साता प्रधानमन्त्री कार्यालयलाई बुझाउँछौं’, निर्देशक श्रेष्ठले भने, ‘अन्तक्रियामा सहभागी व्यवसायीले खुला अर्थतन्त्र नीतिका कारण व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउनुपर्ने मागसमेत गरेका छन् ।’

प्रतिवेदनले किसानबाट तरकारी खरिद गरी थोक बिक्रेताले विभिन्न प्रकारका तरकारीमा प्रतिकिलोमा ४२.८६ प्रतिशतदेखि ७७.७८ प्रतिशतसम्म नाफा उपभोक्ताबाट असुल गर्ने गरेको औंल्याएको छ ।

यस्तै, थोक बिक्रेताबाट तरकारी खरिद गरी खुद्रा व्यापारीले २५ प्रतिशतदेखि ३३ प्रतिशतसम्म नाफा लिने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, किसानबाट खरिद गरिएको तरकारी थोक बिक्रेतादेखि खुद्रा बिक्रेतासम्मले भने ७१.४३ प्रतिशतदेखि एक सय २२ दशमलव २२ प्रतिशतसम्म मुनाफा आर्जन गर्दै आएको प्रतिवेदनले औंल्याएको छ

अध्ययन अवधिमा काभ्रे र धादिङका किसानबाट औसत ५५ रुपैयाँ प्रतिकिलो काउली खरिद गरी थोक व्यापारीले ८० रुपैयाँमा बिक्री गरेको उल्लेख गरिएको छ । सोही काउलीलाई खुद्रा व्यापारीले भने सय रुपैयाँमा बिक्री गरेको बताइएको छ ।

यस्तै, काभ्रे र धादिङका किसानबाट प्रतिकिलो ७० मा खरिद गरी थोक व्यापारीले सय रुपैयाँ प्रतिकिलोमा बोडी बिक्री गरेका छन् । खुद्रा व्यापारीले त्यही बोडी एक सय २० रुपैयाँमा बिक्री गरेको अध्ययनका क्रममा भेटिएको छ ।

तरकारी उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी चार तहसम्मको व्यापारी तरकारी व्यवसायमा संलग्न रहेको फेला परेको छ ।प्रतिवेदनले तरकारीको मूल्य सस्तो बनाउन किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्दा पार गर्नुपर्ने तहलाई घटाउनुपर्ने सुझाव दिएको छ । मूल्य नियन्त्रणका लागि उत्पादनको बजार व्यवस्थापन गर्न किसान सहकारीको सहभागितामा कालिमाटीलगायत ठूला बजारमा तरकारी बिक्री केन्द्रको व्यवस्थापन हुनुपर्ने सुझाव पनि दिइएको छ ।

स्थानीय व्यापारी तथा मध्यस्थकर्ताको घेराबाट किसानलाई मुक्त गराउन किसानलाई सहुलियत दरमा कृषि ऋणका साथै सहज रूपमा बीउबीजन र विषादीको सुविधा उपलब्ध गराउनुपर्ने र राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गरी बिचौलियाले मनोमानी रूपमा निर्धारण गर्ने मूल्यलाई अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments