२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोभ देखाएर भोट लिन्छ, फर्केर आउँदैन’

अ+ अ-

सिरहा । भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।

सँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन । एलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा प्यास मेटाउन एकथान चापाकल धसाइएको छ । तर, यो चापाकलले पनि शुद्ध पानी फ्याँक्दैन, पानी तान्दा बालुवा मिसिएर आउँछ ।

एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव । अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ ?’ जिज्ञासा राख्दा बस्तीकी बजुनदेवी मलिक एकछिन चुप लागिन् । एकछिन घोरिएपछि उनले भनिन्, ‘केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’ उनले चुनावी अनुभूति सुनाइन्, ‘एलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस हुन्न ।’

‘अगाडिको चुनाव (स्थानीय तह) मा नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका उनीहरू अझै पर्केका छैनन् । मंसिरको चुनावका लागि भनेर अहिलेसम्म कोही नेता आएका छैनन्’, उनले थपिन् । प्रधान (गाउँपालिका प्रमुख) को चुनाव भएपछि नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेकी उनी भन्छिन्, ‘गाउँमा प्रधान (प्रमुख) जितेर हाकिम भए पनि हामी गरिबको सास्ती उस्तै छ ।’ छोरा भोला मलिकलाई रोजगारका लागि विदेश पठाउन नागरिकता सिफारिसका लागि महिना दिनदेखि गाउँपालिका र वडा कार्यालय धाउँदै आएको सुनाउँदै उनले भनिन्, ‘कहिले जनप्रतिनिधि भेटिँदैन, भेट्दा भोलि आउनू भन्दै फर्काउँछन् ।’

नागरिकताको सिफारिस नहुँदा छोरा विदेश जानबाट रोकिएको उनले सुनाइन् । उनको गुनासो छ, ‘नेताले हाम्रा लागि भरोसा बाँड्नेबाहेक केही गरिदिएनन्, आफैं गर्न खोज्दा पनि सहयोग गर्दैनन् ।’

नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको सोही समुदायकी समुद्रदेवी मलिकले बताइन् । ‘चुनावका बेला गाउँ आएका नेता ठूलाठूला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन्’, उनले भनिन्, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै ।’

‘चुनावमा यो समुदाय भोट खसाल्ने मेसिनको रुपमा प्रयोग हुँदै आएको छ’, स्थानीय बुद्धिजीवी पशुपति यादवले भने, ‘चुनावका बेला प्रयोग गरेर बेहाल छाडिदिने ।’ चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments