२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि पक्राउको क्रम तीव्र बनाएको छ । कात्तिक २४ गतेबाट विप्लव समूहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु गरेको थियो ।

दर्जनभन्दा बढी स्थानमा उम्मेदवारको ज्यानै लिनेगरी बम प्रहारको घटना भए पनि सुरक्षा परिचालन सुस्त थियो । सामान्य घरेलु बम विस्फोटसँगै शक्तिशाली धराप नै थाप्न थालेपछि गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निकायले खोजी र पक्राउको क्रम बढाएका हुन् ।

विप्लव समूहले विस्फोट गराएमध्ये नुवाकोटमा कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार रामशरण महतलाई लक्षित गरी पड्काएको धराप सबैभन्दा शक्तिशाली देखिएको छ । नुवाकोटको घटनापछि उम्मेदवारको हत्या योजनासहित आक्रमणमा उत्रँदा समेत सुरक्षा निकाय निरिह देखिएको भन्दै आलोचना बढेको थियो । रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाइते भएका थिए । सो घटना कसले गराएको हो, सुरक्षा निकायले खुट्ट्याउन सकेको छैन ।

कात्तिक २६ बाट उम्मेदवार केन्द्रित आक्रमण गर्न सबै जिल्लामा विप्लवले परिपत्र गरेको पत्र सुरक्षा निकायले फेला पारे पनि घटनामा संलग्न समूह पक्राउ गर्न सुस्त देखिएको थियो । उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेपछि दबाबमा आएको गृह प्रशासनले विप्लव समूहका नेता कार्यकर्ता पक्राउका लागि प्रहरीलाई निर्देशन दिएको छ भने उम्मेदवारको सुरक्षामा सशस्त्र प्रहरीको संख्या बढाएको छ ।

सोमबारबाट पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा नेपाली सेनाले पैदल गस्ती बढाएको छ । जानकार स्रोतका अनुसार विप्लवसहित केन्द्रीय तहका नेताको खोजीमा प्रहरी प्रधान कार्यालयले केन्द्रको विशेष टोली खटाएको छ भने जिल्ला तहका नेताकार्यकर्ता पक्राउको जिम्मा जिल्ला प्रहरी कार्यालयलाई तोकेको छ । विप्लवको समूहमा रहेका नेता कार्यकर्ता पक्राउका लागि जिल्ला प्रहरी कार्यालयमा विशेष निर्देशन गएको छ । निर्देशनअनुसार विभिन्न जिल्लामा पक्राउको क्रम समेत बढेको छ ।

‘रक्षामन्त्रीको निर्देशनअनुसार सोमबारबाट सेनाले पाएको जिम्मेवारीअनुसारको कार्यक्षेत्रमा थप सुरक्षा बल परिचालन भएको छ,’ सैनिक प्रवक्ता नैनराज दाहालले नागरिकसँग भने, ‘सोमबार उम्मेदवारमाथि आक्रमण गर्ने घटना हुन पाएन भने बुटवल र ताप्लेजुङमा सेनाले विस्फोटक पदार्थ फेला पारेको छ ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिल्लामा रहेका पार्टीका इन्चार्ज, विद्यार्थी संगठन, महिला संगठन र सुकुमबासी संगठनका नेता खोजीको सूचीमा छन् । सोहीअनुसार प्रहरीले झापा, चितवन, सिन्धुली, सल्यान, धनकुटा, पाल्पा, धनगढी र नुवाकोटमा रहेका विप्लवका जिल्ला तहका नेता कार्यकर्ता पक्राउको क्रम तीव्र बनाएको छ । स्रोतका अनुसार प्रदेश तहमा सक्रिय विप्लव समूहका नेताकार्यकर्ताको सूची बनाउन हेडक्वार्टरबाट सातै प्रदेश प्रहरी कार्यालयमा परिपत्र गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments