कार्यकाल बढाउन ऐन संशोधन प्रयास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यकाल बढाउन ऐन संशोधन प्रयास


५ मंसिर २०७४, मंगलबार


काठमाडौं । सरकारले स्वास्थ्यसचिव डा. किरण रेग्मीको समय अवधि बढाउन स्वास्थ्य सेवा ऐन संशोधनका लागि गृहकार्य थालेको छ । रेग्मीसहित स्वास्थ्य सेवामा कार्यरत झन्डै ३५ हजार कर्मचारीको कार्यकाल थप गर्न अध्यादेशमार्फत स्थास्थ्य सेवा ऐन संशोधन गर्ने तयारी थालिएको हो ।

स्वास्थ्य सेवा ऐनअनुसार स्थास्थ्य सेवामा कार्यरत चिकित्सकलगायत कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष तोकिएको छ ।

डा. रेग्मी ६० वर्षे उमेरहदका कारण मंसिर १८ मा सेवा निवृत्त हुँदै छन् । डा. रेग्मीको कार्यकाल थप गर्न सरकारले स्थास्थ्य सेवा ऐनमा संशोधन गरी स्वास्थ्य सेवामा कार्यरत डक्टरलगायत कर्मचारीको उमेरहद ६२ देखि ६४ बर्षसम्म बढाउन लागेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस