ध्वंसात्मक गतिविधि रोक्छुः प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ध्वंसात्मक गतिविधि रोक्छुः प्रधानमन्त्री देउवा


४ मंसिर २०७४, सोमबार


डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन । उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमण घटनाको घोर भत्र्सना गर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिबिधिमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने छु ।’

प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी शान्ति सुरक्षाको ब्यवस्था गरिने बताए । ‘म तुरुन्तै राजधानी फर्कदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाउन निर्देशन दिनेछु ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस