२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसलाई मधेसीसँगको तालमेल सकस

अ+ अ-

काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।

त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।

कांग्रेस नेत्री यादव भन्छिन्, ‘परिस्थिति यस्तो छ, पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो । अहिले हामी सबै निर्वाचनको दौडमा भएकाले यसबारे खासै कुरा उठेको छैन तर राजपाका लागि भनेर कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिँदा मेरो ठाउँमा चाहिँ अर्को राजपा अध्यक्ष आइदिने ? ’ एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएपछि कांग्रेसले मधेसी पार्टी, राप्रपालगायतसँग मिलेर लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको थियो ।

कांग्रेसले चुनामा समेत वाम गठबन्धनझैं आफूहरूले संयुक्त उम्मेदवारी दिने घोषणा गरेको थियो । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा समेत सहभागी गराइयो ।
कांग्रेसका नेता तथा धनुषा १ का प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आफूहरूलार्इ लोकतान्त्रिक शक्ति बलियो होऊन् भन्ने उद्देश्यसाथ यस्तो कदम चालेको दाबी गरे । ‘हामीले त्यही भएर एकतर्फी भए पनि केही ठाउँमा उम्मेदवारी फिर्ता लियौं’, उनले भने, ‘तर त्यही स्तरमा उहाँहरूबाट नैतिकता प्रदर्शन भएको छैन ।’

कांग्रेसले सप्तरीमा संघीय फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध परेको कांग्रेसको उम्मेदवारी फिर्ता लिएको छ भने केही ठाउँमा राप्रपाका उम्मेदवारलाई समेत समर्थन गरेको छ । तर, मधेसी पार्टीहरू र राप्रपाबाट न्यानो नपाएको कांग्रेसभित्र त्यसले केही असन्तुष्टिसमेत देखिएको नेताहरू बताउँछन् । उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म कांग्रेस र मधेसी पार्टीबीच तालमेल गरी उम्मेदवार दिने छलफल र बैठकहरू चले तर ती बैठक असफल भएपछि धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतो एउटै चुनावी मैदानमा उत्रिए ।

धनुषाकै १ नम्बर क्षेत्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगाना मधेसी गठबन्धनका उम्मेदवार दीपक कार्कीसँग चुनावी मैदानमा टक्कर लिइरहेका छन् ।धनुषाको दुई नम्बरमा समेत कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामकृष्ण यादव मधेसी गठबन्धनका उमाशंकर अडगरियासँग असुरक्षित छन् । जानकारहरूले कांग्रेस र मधेसी गठबन्धनका उम्मेदवारहरू यी क्षेत्रमा एकआपसमा प्रतिस्पर्धी देखिएपछि त्यहाँ वाम गठबन्धनका एकल उम्मेदवारले बाजी मार्ने सम्भावना प्रवल देखिन थालेको छ ।

धनुषा १ नम्बर क्षेत्रमा वाम गठबन्धनका मातृका यादव र २ नम्बरमा रामचन्द्र झा उम्मेदवार छन् । यसअघि ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा कांग्रेसले धनुषाका ७ क्षेत्रमध्ये ५ मा जित हात पारेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments