दूरगामी निर्णय नगर्न सरकारलाई ओलीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दूरगामी निर्णय नगर्न सरकारलाई ओलीको आग्रह


२ मंसिर २०७४, शनिबार


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको मुखमा दूरगामी महत्वका विषयमा निर्णय नगर्न सरकारलाई सचेत गराएका छन् । सरकारले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको भन्दै उनले प्रतिपक्षी दलसँग संवाद नै नगरी राष्ट्रलाई नै असर पुग्ने गरी निर्णय गरेको आरोप लगाए ।

शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको भेटमा ओलीले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी गेजुवालाई दिने पूर्ववर्ती सरकारको निर्णय खारेज गरेकोमा पनि असन्तुष्टि जनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस