२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसात्मक घटना झन्–झन् बढ्दै

अ+ अ-

काठमाडौं । निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन ।’ केही दिनअघि रुकुम र रोल्पामा माओवादी केन्द्रका नेतामाथि पटक–पटक आक्रमण हुँदासमेत गृहका अधिकारीहरू त्यसलाई ‘अनुमान गरिएका घटना’ भनिरहेका थिए । तर, दुई–तीन दिनयता लगातार एमाले र कांग्रेसका उम्मेदवारमाथि पनि आक्रमण बढ्न थाल्यो, त्यसले उनीहरूलाई झस्काइ दिएको छ । गृह मन्त्रालयको निर्वाचन सुरक्षा योजना असफल जस्तै भएको छ । निर्वाचन आयोगले शुक्रबार सुरक्षा अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्ति नै निकालेको छ ।

शृंखलाबद्ध बम आक्रमणले विभिन्न दलका उम्मेदवार प्रचारप्रसारमा हिँड्नसमेत डराउन थालेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत समूहले दुई दर्जनभन्दा धेरै ठाउँमा आक्रमण गरिसकेका छन् । शुक्रबार कांग्रेस नेता डा. रामशरण महतमाथिको आक्रमण द्वन्द्वकाल सम्झाउने खालको थियो । तर्साउन मात्र नभई ठूलै क्षतिको उद्देश्यले आक्रमण भएको आकलन गरिएको छ ।

शुक्रबार नै रोल्पामा माओवादी केन्द्रका नेताहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरी बम आक्रमण भयो । यसअघि पश्चिम रुकुममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, रोल्पामा वर्षमान पुन, भोजपुरमा एमाले नेता शेरधन राई, संखुवासभामा एमाले उम्मेदवार राजेन्द्र गौतम, म्याग्दीमा कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजा, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि बम आक्रमणका घटना भइसकेका छन् ।

शुक्रबार नुवाकोटको घटनापछि गृह मन्त्रालयका अधिकारी नयाँ सुरक्षा योजना बनाउन छलफलमा जुटेका छन् । आक्रमणकारीविरुद्ध कठोर बन्न गृहले जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार थप सतर्कता अपनाएर चेकजाँच र कारबाही सशक्त बनाउन निर्देशन दिइएको छ । ‘सबै उम्मेदवारसँँग नियमित सम्पर्कमा रहन जिल्ला–जिल्लामा निर्देशन दिएका छौँ,’ उनले भने, ‘चुनावविरोधी गतिविधि नियन्त्रण र कारबाही सशक्त हुन्छ ।’

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने भने सुरक्षा अवस्था सृदृढ नै भएको दाबी गरे । ‘लुकेर केही छिटपुट घटना भएका हुन्, सुरक्षा अवस्था सुदृढ नै छ,’ उनले भने, ‘आक्रमण बढेपछि थप सुदृढ बनाउने छौँ ।’ सुरक्षा थप सुदृढ बनाउने ठोस योजना भने उनले बताएनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments