गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२ मंसिर २०७४, शनिबार


आफन्तले धोका दे’को देख्नु पर्यो ।।
नचिताएको प्रहारलाई छेक्नु पर्यो ।।

कसम साथै खानेलाई सम्झिरहन्छु ।
उनको देको दुःख कष्ट थेग्नु पर्यो ।।

जे गर्दैन भन्या थिएँ बने म विवश ।
कालो अक्षर आज मैले लेख्नु पर्यो ।।

हिड्दिन भन्या थिएँ अरुसँग कहिल्यै ।
जाँदैन जहाँ भने त्यही टेक्नु पर्यो ।।

प्रचारमा बनाएर मलाई धोकेबाज ।
व्यर्थैका ती आरोप मैले खेप्नु पर्यो ।।

प्रतिक्रिया दिनुहोस