कांग्रेस नेता महतद्वयलाई लक्षित गरी बम विस्फोट, पाँच घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेस नेता महतद्वयलाई लक्षित गरी बम विस्फोट, पाँच घाइते


१ मंसिर २०७४, शुक्रबार


संघीय संरचना

नुवाकोट । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ कांग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना कार्यकर्ता घाइते भएका छन् । उम्मेदवार महतद्वय भने सकुशल छन् ।

चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए ।

बम विस्फोटनबाट कांग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडाँँतर्फ लगिएको छ ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस