२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्ध : नेता निधि

अ+ अ-

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली कांग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

यसअघि समेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताए । जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले नेपाली कांग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।

नेता निधिले वर्तमान संविधानले संघीयता, गणतन्त्र ल्याएको भन्दै संविधानमा हस्ताक्षर नगर्नेहरुलाई भावी पुस्ताले धिक्कार्ने निश्चित रहेको बताउदै भने, ‘संविधान नै नभए अहिले संशोधन कहाँ हुने, यही सोचका साथ नेका संविधान जारी गर्न तयार भयो ।’

मधेश आन्दोलनको नाउँमा संगठित भएर केही दल सीमाङ्कन बिना संविधान जारी गर्न तयार भएको अवस्थामा संघीयता सहितको संविधान जारी गर्ने सर्वोच्चको तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालद्वारा गरिएको निर्णयलाई सबभन्दा पहिला नेपाली कांग्रेसले स्वागत गरेको निधिले बताए ।

नेता निधिले जनकपुरको धार्मिक, सांस्कृतिक, आध्यात्मिक मान्यतालाई अक्षुण्ण राख्दै स्थानीयवासीको भावनाअनुसार विकास निर्माणको कार्यमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले विगतमा समेत जनकपुरको विकासप्रति प्रतिबद्ध रहेको बताउँदै जनकपुरलाई प्रादेशिक राजधानी र विकासको प्रमुख उद्देश्यका साथ चुनावमा उम्मेदवारी दिएको बताउदै अगामी मंसिर २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे ।

यसैबीच, कार्यक्रममा राजपा, नेकपा एमाले र राप्रपा सहितका राजनीतिक दल परित्याग गरी करिब ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा स्थानीय देवेन्द्र यादव, सदन भगत, मनोज मिश्र, शैलेन्द्र नारायण मल्लिक, युगलकिशोर लाभ, समानुपातिक उम्मदेवार स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मिनाक्षी झा र जगदीश महासेठ सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए । रासस

0 Comments