२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड !

अ+ अ-

काठमाडौं । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ ।

संसद् सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुई वटा हलको सामान्य पुनस्संरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ । ‘सबै कुर्सी फेर्न त समयले पनि भ्याइँदैन,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘प्रतिनिधिसभाको बैठक कक्ष (संविधानसभा बैठक बसेको मुख्य हल) मा बढी हुने कुर्सी हटाएर बाँकी मर्मत गर्ने, खोल फेर्ने, राष्ट्रिय सभाको बैठक कक्ष र अत्यावश्यक कार्यालय निर्माणका लागि अर्थसँग रकम माग गरिएको हो ।’

सभा कक्षको मुख्य हलमा संविधानसभा र व्यवस्थापिका संसदका ६०१ सदस्यका लागि कुर्सी र माइक जडान गरिएका छन् । प्रतिनिधिसभा बैठक कक्षका रूपमा पुनःसंरचना गर्न लागिएको उक्त कक्षमा दुवै सदनको संयुक्त बैठक बस्नसमेत पुग्ने गरी ३३४ कुर्सी राख्न खोजिएको छ । सचिवालयले कुर्सीको संख्या घटाउँदा निस्कने फराकिलो ठाउँको सजावट र कुर्सी ढाकिएका सेता खोललाई हरियोले प्रतिस्थापन गर्न मात्रै ठूलो रकम खर्चिन लागेको हो । अधिकांश कुर्सी मर्मत गर्नुपर्ने अवस्थामा रहेको दाबी गर्दै सचिवालयका अधिकारीहरूले राष्ट्रिय सभाको बैठक कक्ष निर्माणले खर्चको सिलिङ बढी देखिएको बताए ।

‘यो सामान्य अनुमानित रकम हो,’ प्रवक्ता गौतमले भने, ‘संविधानसभाको कार्यकालदेखि नै एकसदनात्मक संसद् चलेका कारण राष्ट्रिय सभाका लागि सम्पूर्ण संरचनाको तयारी आवश्यक छ ।’ उनका अनुसार सम्मेलन केन्द्रकै नुप्से हल पुनस्संरचना गरी राष्ट्रिय सभाको बैठक कक्ष तयार गरिनेछ । शान्ति प्रक्रियाको सुरुमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले आफ्नो कार्यालय प्रयोजनका लागि सम्मेलन केन्द्रमा थुप्रै अस्थायी संरचना निर्माण गरेको थियो । ठूला हललाई आल्मुनियमले बारबेर गरी तयार गरेका कार्यकक्षहरू संसद्ले प्रयोग गरिरहेको छ ।

संसद् सचिवालयले बैठक कक्षका लागि मात्रै वार्षिक ११ करोड रुपैयाँ भाडा खर्च गरिरहेको छ । सचिवालयले संसद् सदस्य, पदाधिकारी र कर्मचारीको तलब भत्तासहितको वार्षिक कुल खर्च १ अर्ब हाराहारीमा गरेको देखिन्छ । सचिवालयको लेखा शाखाको रेकर्डअनुसार दोस्रो संविधानसभा कार्यकाल (पहिलो बैठकदेखि संविधान जारी गरेको दिनसम्म) को कुल खर्च १ अर्ब ६० करोड ३८ लाख ९३ हजार ६९ रुपैयाँ छ । उक्त रकममध्ये पहिलो आर्थिक वर्ष (२०७०/०७१) को पछिल्लो ६ महिनामा ४० करोड ४१ लाख ६४ हजार ८ सय १०, अन्तिम आर्थिक वर्ष (२०७२/०७३) को अघिल्लो तीन महिना (साउन-असोज) मा १७ करोड २३ लाख २१ हजार १५ रुपैयाँ खर्च भएको थियो । बाँकी १ अर्ब २ करोड ७४ लाख ७ हजार २ सय ५२ बीचको एकै आर्थिक वर्ष (२०७१/०७२) मा भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments