२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष नेता देश दौडाहामा व्यस्त

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् । उनीहरु बुधवार विशेष पत्रकार सम्मेलनको लागि काठमाडौं आएका हुन् । प्रमुख दलका शीर्ष नेतासहित अन्य दलका नेता पनि चुनावी अभियानका लागि काठमाडौं छाडेर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुगेका छन् ।

कांग्रेस सभापति देउवाले कात्तिक २८ मा औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छन् । यसअघि देउवा जनकपुर, ताप्लेजुङ र सोलुखुम्बु पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । मंगलबार औपचारिक रुपमा सुरु भएको देउवाको चुनावी अभियान नेपालगन्ज, लम्की हुँदै बुधबार धनगढी पुगेको छ । प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणका अनुसार सुदूरपश्चिम र मध्यपश्चिमलाई केन्द्र बनाएर देउवा चुनावी अभियानमा सहभागी हुनेछन् । उनका अनुसार कात्तिक २९ गते धनगढी, ३० गते डडेल्धुरा, मंसिर १ गते दार्चुला र बैतडी, मंसिर २ मा बझाङ र बाजुराको कार्यक्रम तय भइसकेको छ । ‘अन्य कार्यक्रमको मिति तय हुन बाँकी छ’, खाँणले भने ।

उनका अनुसार सभापति देउवाले रुकुम, रोल्पा, जाजरकोट, हुम्ला र मुगुका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यस क्रममा सभापति देउवा सुरक्षासम्बन्धी गोष्ठी र छलफलमा पनि सहभागी हुनेछन् । आफ्नो उम्मेदवारीसमेत वारेसमार्फत दर्ता गराएका देउवा चुनावी सभाको क्रममा एक साता सुदूरपश्चिम र मध्यपश्चिममा रहनेछन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ को घरदैलोमा व्यस्त छन् भने महामन्त्री शशांक कोइराला नवलपुरमा घरदैलो र कोणसभामा व्यस्त छन् ।

त्यसैगरी वाम गठबन्धनअन्तर्गतका एमाले र माओवादीले १४ सहरमा संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम बुधबार सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले गोरखा र लम्जुङ पुगेर संयुक्त सभालाई सम्बोधन गरी चुनावी सभा सुरु गरेका हुन् । ओली र दाहालको कात्तिक २९ मा सुरु चुनावी अभियान मंसिर ९ गतेसम्म जारी रहने गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले वताए । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments