सचिवको अधिकार खोस्दै मुख्यसचिव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिवको अधिकार खोस्दै मुख्यसचिव


३० कार्तिक २०७४, बिहिबार


काठमाडौं । चुनावलाई प्रभावित पार्ने गरी सरकारले गर्ने निर्यायलाई गोप्य राख्न मन्त्रिपरिषद्को बैठक शाखाको जिम्मेवारीसमेत मुख्य सचिव लोकदर्शन रेग्मी आफैँले हेर्न थालेका छन् ।

पछिल्लो मन्त्रिपरिषद् बैठकबाट सरकारले पार्टी कार्यकर्तालाई गोप्य रूपमा करोडौँ आर्थिक सहायता वितरण गरेको आरोप लागिरहेका वेला मुख्य सचिव रेग्मीले बैठक शाखाको जिम्मेवारीसमेत आफैँ लिन थालेका हुन् । मुख्य सचिव रेग्मीले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा रहने आन्तरिक महाशाखाअन्तर्गतको बैठक शाखाको जिम्मेवारी नै खोसेपछि उनको भूमिकाको आलोचना हुन थालेको छ ।

पछिल्लो समय सरकारले निर्वाचन आचारसंहिताविपरीतका निर्णय गर्ने गरेको प्रधानमन्त्री कार्यालयकै केही बिशिष्ट कर्मचारीले आरोप लगाउने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस