२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

अ+ अ-

काठमाडौं । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ ।

बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बिटक्वाइनबाट नेपालका मोबाइल नम्बर रिचार्ज भइरहेकाले त्यसमा आवश्यक अनुसन्धान र कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले पनि बिटक्वाइनका वालेटबाट टेलिकम कम्पनीका मोबाइल नम्बरमा रिचार्ज हुने सूचना पाएपछि अपरेटरहरूसँग छलफल गरेको थियो । सिआइबी र नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएपछि प्राधिकरणले छलफल अगाडि बढाएको हो । ‘सिआइबीको पत्र प्राप्त हुनासाथ हामीले अपरेटरहरूसँग यो विषयमा छलफल गरेका थियौँ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘छलफल भए पनि के गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’

प्राधिकरणसँग होस्टिङ र सञ्चालक चेकजाँच गर्ने उपकरण नभएका कारण नेपालबाट कसले यसको कारोबार गरिरहेको हो पत्ता लाग्न नसकेको उनले बताए । बिटक्वाइनको वालेटबाट सीधै टेलिकम कम्पनीका मोबाइलमा रिचार्ज गर्न नसकिनुपर्ने भन्दै उनले नेपालमा नै कसैले यसको अप्रत्यक्ष रूपमा अवैध कारोबार गरिरहेको हुन सक्ने बताए ।

बिटक्वाइनका वालेटहरू क्वाइनबेस, लोकलबिटक्वाइन्सडटकम, जापोलगायतबाट मोबाइल रिचार्ज हुने भए पनि बिटरिफिल भन्ने वेबसाइटले नेपालका टेलिकम कम्पनीका लोगोसमेत राखेर रिचार्जको सुविधा दिइरहेको छ । उसले आफ्नो लोगो दुरुपयोग गरेको टेलिकम कम्पनीहरूले बताएकाले यस विषयमा समेत अध्ययन भइरहेको अर्यालले बताए । बिटरिफिल भन्ने वेबसाइट नेपालमा दर्ता नभएको र विदेशमा होस्ट भएका कारण सबै कुरा पत्ता लगाउन समस्या भएको अर्यालको भनाइ छ । अर्यालले भने, ‘बिटरिफिलसँग नेपालको कुनै कम्पनी वा व्यक्तिले साझेदारी गरेको हुन सक्छ ।’ उनले टेलिकम अपरेटरहरूसँग इलेक्ट्रोनिक पिन लिने कम्पनीसँग समन्वय गरेर अनुसन्धान गरिने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments