दश लाख घुससहित शाखा अधिकृत पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दश लाख घुससहित शाखा अधिकृत पक्राउ


२९ कार्तिक २०७४, बुधबार


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रूपियाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।

घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो । रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस