२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापारीको कब्जामा तरकारीको भाउ

अ+ अ-

काठमाडौं । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् ।

मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् । किसानले ५० रुपैयाँ प्रतिकिलोमा बेचेको काउली कालिमाथीको थोक बजारमा मंगलबार बिहान ५ बजे ९० रुपैयाँ प्रतिकिलोमा काठमाडौंका साना बजार, पसल र ठेलागाढामा राखेर बिक्री गर्ने व्यवसायीले खरिद गरेका थिए ।

थोकमा ९० रुपैयाँ पुगेको काउली कालिमाटीकै खुद्रा बजारमा बिहान ७ बजेबाट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको थियो । कालिमाटीबाट टाढा रहेका उपभोक्ताले यो मूल्य पनि पाउँदैनन् । कालिमाटीबाट तरकारी लैजाने साना खुद्रा व्यापारीले ढुवानी खर्च, पसल भाँडा, ज्याला लगायत जोड्छन् । जसकारण उपभोक्ताको भान्सासम्म पुग्दा काउली झन् महगिन्छ । मंगलबार बिहान ९ बजे ललितपुरको भैंसेपाटीस्थित एक तरकारी पसलमा काउली १ सय ४० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गरेका छन् ।

मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारील आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो । थोकमा प्रति ५ किलोका दरले सबै तरकारी उपलब्ध थिए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मागअनुसार आपूर्ती नहुँदा मूल्य बढेको भन्ने दाबी झुट भएको बताउँछन् । ‘व्यापारीले भनेको मूल्य हाल्छु भन्दा जुनसुकै तरकारी पनि पाइन्छ, कम मूल्यमा मात्र नपाइएको हो’ उनले भने ।

केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको छ । ‘थोक व्यापारीले एक ठाउँमा भेला भई मूल्य तोक्ने र खुद्रामा पाउने गरेका अनुगमनबाट देखिएको छ’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments