वाम उम्मेदवार राई चढेको गाडीमा बम प्रहार, अंगरक्षक घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाम उम्मेदवार राई चढेको गाडीमा बम प्रहार, अंगरक्षक घाइते


२८ कार्तिक २०७४, मंगलबार


भोजपुर । वाम गठबन्धनबाट भोजपुर क्षेत्र १ का प्रदेशसभा उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ ।

ट्याम्केमैयु गाउँपालिका–७, गुम्बामा भएको बम प्रहारबाट अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् भने ल्यान्ड रोभर गाडी पूर्णरूपमा ध्वस्त भएको छ । उम्मेदवार राई भने सकुशल छन् । राई नेकपा एमालेका प्रदेश नम्बर १ सहसंयोजकसमेत हुन् । बम हान्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

घटनाबारेथप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न सो क्षेत्रमा प्रहरी परिचालन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, नेकपा एमालेले घटनाको घोर निन्दा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस