२२००% सस्तिन सक्छ औषधि ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२२००% सस्तिन सक्छ औषधि !


२८ कार्तिक २०७४, मंगलबार


काठमाडौं । सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्रि गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ ।

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा मूल्यवृद्धि गरेकाले औषधि २२ सय प्रतिशतसम्म महँगो भएको हो ।

समितिले सरकारलाई सोभबार बुझाएको प्रतिवेदनमा लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव छ । त्यसरी सरकारले उपलब्ध गराउने औषधिमा ‘सरकारी अस्पताल प्रयोजनका लागि मात्र’ लेखिएको स्टिकरसमेत राख्न पनि सुझाव छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस