२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश राजधानी मुख्य मुद्दा, दिपायललाई बनाउने दलहरूको वाचा

अ+ अ-

डोटी । सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् । यति गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोषसमेत उम्मेदवारहरूले गरिरहेका छन् ।

आफ्नो जिल्लामा प्रदेशको राजधानी ल्याउने मुद्दाले डोटीका मतदातालाई आकर्षित गरिरहेको छ । दिपायल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हो । यहाँ सबैजसो सरकारी निकायका क्षेत्रीय कार्यालय छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले राजधानी बन्न दिपायलमा आवश्यक सबै भौतिक पूर्वाधार रहेको र प्रदेशसभा बैठक चलाउन मिल्ने सभागृहसमेत निर्माण भइरहेको बताए ।

‘यहाँ प्रदेशको राजधानी बनाउन आवश्यक सबै पूर्वाधार छन् । दिपायल ७ नं. प्रदेशको सबभन्दा सेन्टरमा पर्छ । विकास क्षेत्र भइन्जेल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हुने, यही भूभाग प्रदेश बन्दा दिपायल किन प्रदेशको राजधानी नहुने ? अन्यत्र राजधानी बनाउने कुरामा मेरो सहमति रहन्न,’ उनले भने ।

प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमालेका वैकल्पिक केन्द्रीय कमिटी सदस्य प्रेम आलेमगरले समेत दिपायललाई राजधानी बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नसके आफूले प्रतिनिधिसभा र जिल्लाबाट विजयी गठबन्धनका सदस्यले समेत प्रदेशसभाबाटै राजीनामा दिने बताए । ‘प्रदेशको सबभन्दा सेन्टर दिपायललाई राजधानी बनाउनुपर्छ भन्ने मेरो पहिलो एजेन्डा हो । सुदूरपश्चिमवासीले स्वीकारिसकेको दिपायललाई राजधानी बनाउन सकिनँ भने मैले प्रतिनिधिसभाबाट र गठबन्धनबाट प्रदेशसभामा जित्ने सदस्य सबैले राजीनामा दिन्छौं,’ आलेमगरले भने ।

उनले दिपायललाई राजधानी बनाउन कैलालीको खुटियादेखि दिपायलसम्म फास्ट ट्रयाक तीव्र गतिमा बनाउनुपर्ने बताए । खुटिया–दिपायल फास्ट ट्रयाक खोल्ने काम सुरु भइसकेको छ ।

उनले ‘जनता जागौं । प्रदेश नं. ७ को राजधानी दिपायल बनाऔं’ नारासमेत अघि सारेका छन् । कांग्रेस उम्मेदवार बलायरले दिपायललाई नै प्रदेशको राजधानी बनाउन आफ्नो सरकारले तत्काललाई प्रदेशको काम हेर्ने जिम्मा यहाँका क्षेत्रीय प्रशासकलाई दिएको दाबी गरे । कांग्रेस र वाम गठबन्धनले मात्र होइन, यहाँका अरू दलका उम्मेदवारले समेत दिपायललाई प्रदेशको राजधानी बनाउने मुद्दा चर्काइरहेका छन् ।

डोटी प्रतिनिधिसभामा एक क्षेत्र मात्र रहेको जिल्ला हो । प्रतिनिधिसभामा कांग्रेसबाट बलायर, प्रदेशसभा ‘क’ मा भरतबहादुर खड्का र ‘ख’ मा योगेन्द्र शाही तथा वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका आलेमगर, प्रदेशसभा ‘क’ मा एमालेकै चक्र मल्ल र ‘ख’ मा माओवादी केन्द्रका त्रिलोचन भट्ट उम्मेदवार छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments