२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा चुनौती : पहाडमा विप्लव, तराईमा जातीय राजनीति चुनावी चुनौती

अ+ अ-

काठमाडौं । उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो । निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी समूहको हिंसात्मक घटना बढिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आक्रमण भइरहेको सुरक्षाकर्मीको सूचना छ । उनीहरूले माओवादीका नेताहरूलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । चुनावविरोधी समूह वा दल आक्रामक बन्दा सुरक्षाकर्मीहरू भने रक्षात्मक बन्न पुगेका छन् ।

विप्लव नेतृत्वको पार्टीविरुद्ध कठोर बन्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । उम्मेदवारमाथि आक्रमण गर्ने तथा आतंकित गराउनेलाई त्यहीअनुसार जवाफी कारबाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको छ । बम विस्फोटलगायत हिंसात्मक घटनालाई विप्लव नेतृत्वको नेकपाले बढाउँदै लगेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ । सोही पार्टीको गतिविधिका कारण उम्मेदवारहरूले असुरक्षित महसुस गर्दै प्रहरी र प्रशासनमा गुनासोसमेत गर्न थालेका छन् ।

निर्वाचन आयोगमा आइतबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारमाथि बढेको आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए । विप्लव समूहले शुक्रबार विनाविभागीयमन्त्री जनार्दन शर्मालाई लक्षित गरी पश्चिम रुकुममा बम प्रहार गरेको थियो । शनिबार माओवादी केन्द्रका अर्का नेता वर्षमान पुन हिँड्ने सडकमा सामान्य किसिमको एम्बुस राखिएको थियो ।

तराईका जिल्लामा धेरै ‘सुरक्षा थ्रेट’ हुने आकलन गरिएको थियो । तर, नेकपाको गतिविधिका कारण गृह मन्त्रालयले पहाडी जिल्लामा सुरक्षाकर्मी बढाउने तयारी गरेको छ । रोल्पा, रुकुम, गोरखालगायत जिल्लामा सुरक्षाकर्मी बढाउन लागिएको गृह स्रोतले जनाएको छ । आवको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments