रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट


२६ कार्तिक २०७४, आइतबार


काठमाडौं । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्को महिना (डिसेम्बर) देखि सुरु हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारी सहमत भएका छन् ।

परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि भएको दुईपक्षीय छलफलमा आइओसीले नोभेम्बरबाट पाइप ल्याउन सुरु गर्ने सहमति जनाएको छ । ‘आइओसीले अक्टुबरमा टेन्डर गरेर पाइप बनाउन सुरु गरेको जानकारी दिएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘अर्को महिना (नोभेम्बर) देखि पाइप भित्रिन थाल्छ । जनवरीदेखि निर्माण चरणमै प्रवेश हुन्छ ।’

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आइओसी पाइपलाइन परियोजना निर्देशक अनिश अग्रवाल, निगम कार्यकारी निर्देशक भट्टराईसहितको टोलीले शुक्रबार र शनिबार पाइप बिछ्याउने स्थानको स्थलगत निरीक्षण गरेका थिए । पाइपलाइन निर्माण विषयमा छलफल गर्न अग्रवाल नेतृत्वको टोली नेपाल आएको हो ।

स्थलगत अध्ययनपछिको छलफलमा परियोजना तुरुन्तै अघि बढाउने सहमति भएको भट्टराईले बताए । ‘अहिलेसम्मको प्रगति समीक्षा ग¥यौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम पनि तत्काल सकाएपछि निर्माण सुरु गर्ने प्रतिबद्धता आइओसीका अधिकारीले गरेका छन् ।’ आजको नागरिक दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस