२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी मुद्दा बनेन हुम्लीको चामल दुःख

अ+ अ-

मुगु । ६४ वर्षे कोज्योक ङुटुप लामा हुम्लाको सिमकोट गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । १५ वर्षीय नाति नोर्गेलाई लिएर उनी चामल लिन गमगढी आइपुगेका छन् । टोलीमा दोजाम गाउँका अरू ९ जना छन् । उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै ३ सय भेडाबाख्रा पनि ल्याएका छन्, चामल बोक्न ।

‘चामल बोकेरै यो जुनी जाने भो,’ अपाङ्गता भएको खुट्टाकै भरमा आठ दिन पैदल हिँडेर आएका लामाले भने, ‘नेताले सधैं चामल र बाटोको कुरा गर्छन् । तर बाटो नदेखेरै जिन्दगी जालाजस्तो छ ।’ केही वर्षअघिसम्म हुम्ला मात्र हैन, सिंगो कर्णालीमा चामलको राजनीति खुबै फस्टाएको थियो । चुनावमा मोटरबाटो, अन्न उत्पादन वृद्धि र आयआर्जनका उपायभन्दा चामलको कोटा थप्ने नारा बिकाउ हुन्थ्यो । चामलको कोटा थप्नुलाई सांसदहरूले उपलब्धि ठान्थे । तर त्यो चामल सदरमुकाम बाहिर कहिल्यै पुगेन । ‘खाद्य संस्थानको चामल कहिल्यै पाइएन, एक÷दुई दिन हिँडेर सदरमुकाम पुगी घण्टौं लाइनमा बसेपछि पालो आउँथ्यो,’ लामाले दुखेसो पोखे, ‘मुस्किलले ५÷१० केजी पाइन्थ्यो, त्यति चामलले कति दिन धान्छ र ?’

हुम्लीले धेरै वर्ष बर्दिया राजापुरबाट चामल ओसारे । सुर्खेतसम्म बाटो खुलेपछि गुटुबाट लैजान सजिलो भयो । त्यसपछि अछाम र बाजुरा हुँदै मुगुसम्म बाटो खुलेपछि गमगढीबाट चामल ओसार्न थालेका छन् । ‘हुम्लामै बाटो र चामल नपुगे पनि नजिक–नजिक सरेको छ,’ उनले थोरै भए पनि राहत मिलेजस्तो महसुस भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments