२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङको चुनाव अनुभव ‘भोट हालेका सांसद कहिल्यै देखेनौं’

अ+ अ-

राक्सिराङ । चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ । मैलो झुत्रो कपडा, चाउरिएको अनुहार र जिङरिङ्ग परेको दाह्री कपाल । करिब ३५ वर्षीय रामकुमार ५० कटेझैं देखिन्छन् ।

राक्सिराङ गाउँपालिका–७ काँकडास्थित धिराङका रामकुमार पुर्खादेखि बस्दै आएको ओढार छाडेर खुला आकाशमुनि झुप्रो घरमा बस्न थालेको तीन वर्ष मात्र बितेको छ । भर्खरै बाहिरी संसार देख्दै गरेका उनले वैशाख ३१ मात्र चुनाव कस्तो हुन्छ भन्ने भेउ पाए । ३४ वर्षको उमेरमा एक वर्षअघि तत्कालीन काँकडा गाविस कार्यालयस्थित सिलाधुनीमा नागरिकता बनाएका उनले पहिलो पटक स्थानीय निर्वाचनमा मत हाले ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे उनीहरू बेखबर छन् । निर्वाचनमा मत हाल्नुपर्छ भन्ने थाहा पाएका रामकुमारले अहिलेसम्म सांसद देखेका छैनन् । ‘चुनाव भन्ने चैं थाहा भो तर सांसद कस्ता हुन्छन् थाहा छैन’, उनले लजाउँदै भने, ‘एकचोटि सांसदसँग भेट्ने रहर छ ।’ अहिलेसम्म कोही पनि भोट माग्न नआएको उनले बताए ।

दुई छोराछोरीलाई यसै वर्षदेखि उनले नजिकैको धिराङ प्राविमा भर्ना गराएका छन् । श्रीमती राममाया प्रायः बिरामी भइरहन्छिन् । उनले हालसम्म सबैभन्दा ठूलो सरकारी मान्छे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भेटेका रहेछन् । ‘भोट माग्न आउनुभएको थियो, मैले सरकारलाई पहिलो पटक भेटेको’, उनले भने, ‘धेरै दुखेसो पोख्ने मन थियो, डरले नमस्कार मात्र गरें ।’ अहिलेसम्म अरू कोही पनि सरकारी मान्छे गाउँमा नआएको उनले बताए ।

उनी मात्र होइनन्, धिराङ र दाराङका ८५ चेपाङ परिवारका धेरै सदस्यले दर्जनौं पटक भोट हाले । तर, हालसम्म गाउँमा सांसद देखा परेका छैनन् । मकवानपुरको विकट चेपाङ बस्ती धिराङ र दाराङ पुग्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथर बजारबाट एक दिन पैदल हिँड्नुपर्छ ।

रामकुमार जस्तै धिराङका सूर्यबहादुर चेपाङलाई पनि सांसद हेर्ने रहर छ । ०७० सालमा किनमेलका लागि चितवनको भण्डारा पुगेका उनले एउटा चुनावी सभामा एमाले नेता सुरेन्द्र पाण्डेलाई देखेका थिए । ‘नजिकबाट हेर्न पाइनँ’, उनले भने, ‘हाम्रो गाउँमा पनि सांसद आए कस्तो हुन्थ्यो होला ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments