२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कसरी भोट हाल्ने कसैले सिकाउँदैनन्’

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजधानीकै मतदातासमेत कसरी भोट हाल्ने भन्ने अन्योलमा छन् । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि अर्बौं विनियोजन गरे पनि प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुन नसक्दा मतदाता अन्योलमा परेका हुन् । मुख्य गरी प्रदेशसभाको मतपत्रका विषयमा मतदाता अल्मलिएको पाइएको छ ।

राजधानीका कतिपय मतदातालाई त आफ्नो नाम प्रनिनिधिसभा र प्रदेशसभाको कुन क्षेत्रमा छ भन्ने समेत जानकारी छैन । डल्लु, स्वयम्भू, वसन्तपुर, माछापोखरी, बालाजु, वनस्थली, नागार्जुन क्षेत्रका मतदाताले कसरी भोट राख्ने भन्ने विषयमा कसैले नसिकाएको गुनासो गरेका छन् ।

काठमाडौं–८ को डल्लु आवास क्षेत्रका सुरेश महर्जनले नेता भोट माग्न आए पनि भोट हाल्ने प्रक्रियाबारे नसिकाएको बताए । ‘हामी यहाँको प्रदेशसभाको कति नम्बरमा पर्छौं भन्नेसमेत थाहा छैन’, उनले भने। सोही क्षेत्रका राममान डंगोलले गुनासो पोखे, ‘कतिवटा मतपत्र हुन्छन् र कति ठाउँमा भोट राख्ने हो भन्ने थाहै नपाई कसरी भोट हाल्ने ?’

बालाजु औद्योगिक क्षेत्रका हरिराम शर्माले प्रतिनिधिसभाका लागि क्षेत्र ७ मा परेको भए पनि प्रदेशसभाको क्षेत्रबारे जानकारी नभएको बताए। ‘कसैले दुई ठाउँमा भोट हाल्ने भन्छन्, कसैले तीन–चार ठाउँमा भन्छन्,ु उनले भने, ‘व्यक्तिपिच्छेका कुराले अन्योलमा परेका छौं ।’ क्षेत्र ७ कै शेषमतीका राजन अर्यालले पनि प्रदेशसभाको कति नम्बर क्षेत्रमा आफ्नो नामावली छ भन्ने थाहा नभएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments