२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाहुरे

अ+ अ-

‘जानु, म छिट्टै आउँछु है । अनि हाम्रा सुन्दर सपना साकार गरौंला । घरको हेरचाह गर्नू । आमालाई सघाउनू ।’ भारत जानलाग्दा दिले श्रीमतीलाई सम्झाउँदै थियो । उनकी श्रीमती जानु भने घुक्कघुक्क रुदै थिइन् । दिले घरबाट निस्किएपछि देखिने ठाउँसम्म जानुले श्रीमानलाई हेरिरहिन् ।

दिलले ९ वर्षमै बुबा गुमाएको थियो । त्यसपछि घर व्यवहारको जिम्मा उसकै काँधमा थियो । पढ्ने उमेरमा घरको आर्थिक सहारा गुमाएपछि ऊ कक्षा ४ मै विद्यालय छाड्न बाध्य भयो । खेतीपाती लगाउने, खनजोत गर्ने र मेलापात जाने उसको बाध्यता भयो । यसरी नै दिन बित्दै गए, जब दिले १८ वर्षको पुग्यो । आमाले उसलाई बिहे गर्ने प्रस्ताव गर्नुभयो ।

‘अब तँ पनि ठूलो भइसकिस् । मेरो उमेर पनि ‘डुब्न लागेको घाम’झै भएको छ । त्यसैले तेरो बिहे गर्नुपर्यो,’ आमाले भन्नुभयो ।

दिलेले पनि आमाको वचन अस्वीकार गर्न सकेन । घरनजिकैको काकासँग बिहेबारे सल्लाह गर्न गयो । ‘ठिकै छ नि बा, मेरो ससुरालीतिर एक केटीको नि बिहे गर्ने कुरा भइराको छ, कुरा मिल्यो भने गरौला नि,’ काकाले दिलेको कुरामा सहमति जनाउँदै भने ।

‘हुन्छ नि काका ।’

‘साह्रै सोझी छे बिचरी । तिमीहरूको परिवारमा एकदम फिट हुन्छे ।’

काकाले केटीको घरमा प्रस्ताव लगे । केटी पक्षले पनि बिहे गर्न सहमती जनाए । त्यसपछि दिले र जानुको बिहे भयो ।

विवाह भएको तीन महिनामै दिले भारत हानिएको थियो । उसले जसोतसो गाडीभाडा र बाटो खर्च मिलाएको थियो ।

दिलेसँगै पल्लो गाउँका मुखियाका नाती धने र व्यापारी वीरेको छोरा शैलेस गएका थिए । कमाउन भारत लागेको दिले गाँजा तस्करीको अभियोगमा कञ्चनपुरको गड्डाचौकी नाकामा समातियो । यसले ऊ रनभुल्ल पर्यो । किनकि उसले झोलामा लुगाकपडा र एक जोर जुत्ता मात्र हालेको थियो । उसलाई घटनाबारे केही थाहा थिएन ।

सञ्चारमाध्यममा ‘गाँजा तस्करीमा एक अभियुक्त पक्राउ’ समाचार आयो । यो समाचार जानु र आमाले पनि सुने । तर, पनि उनीहरूलाई यस्तो होला भन्ने पत्यार लागेन । उनीहरूले कोही ‘सत्रु’ लागेको आशंका गरे ।

तीन दिनको अनुसन्धानपछि दिले प्रहरी हिरासतबाट छुट्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धने र शैलेसले दिलेको झोलामा गाँजा राखेको खुल्यो । गाँजा राखेपछि उनीहरू दिलेलाई छाडेर भारत पसेका थिए ।

यो घटनाले दिलेलाई घर जाने की भारत भन्ने दोधार भयो । अन्ततः जसोतसो मन बनाएर ऊ भारत पस्यो । बेङ्लोरमा मामा बस्ने भएकाले उसलाई काम खोज्न त्यति अप्ठेरो भएन ।

बेलाबेला दिले आमा र जानुलाई फोन गथ्र्याे । आफू आरामै भएको र कमाइ पनि राम्रै भएको खबर सुनाउथ्यो । यो खबरले उसकी आमा र श्रीमती निकै खुसी थिए । दिन, हप्ता र महिना हुँदै दिले दुई वर्षसम्म पनि घर फिरेन ।
आफूसँगै बिहे गरेका दौतरीको कोख भरिएको देख्दा जानुलाई पनि बच्चाको रहर लाग्छ ।

‘जानु भाउजु, लाहुरे दाई कहिले आउनुहुन्छ ? घर वरपरका स–साना नानी बेलाबेला प्रश्न गर्छन् । यसले जानुलाई दिलेको यादले झन् सताउँछ ।

‘आउँदोे दशैंमा आउनुहुन्छ । गुड मिश्री खान आउनु है ! ’ जानु उत्तर दिन्छिन् । सुन्दर सपना साकार पार्ने आशमा उनी श्रीमान कुरिरहेकी छिन् ।

0 Comments