लोकतन्त्रका लागि कांग्रेसले जित्नुको विकल्प छैन : उपप्रधान मन्त्री गच्छदार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लोकतन्त्रका लागि कांग्रेसले जित्नुको विकल्प छैन : उपप्रधान मन्त्री गच्छदार


२३ कार्तिक २०७४, बिहिबार


इनरुवा । नेपाली कांग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन् ।

बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै गच्छदारले कांग्रेसले मात्रै अहिले सम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्न सक्ने बताए । गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि कांग्रेसको जित आवश्यक रहेको बताए ।

लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुन्छ मन्त्री गच्छदारले भने अब सबै जनताले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्न आवश्यक छ । मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस