साटिएन पुराना भारु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साटिएन पुराना भारु


२३ कार्तिक २०७४, बिहिबार


बैंक

काठमाडौं । भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन । नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन । भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ ।

पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट ‘कागज पल्टिने’ हुन् कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गर्न थालेका छन् । भारत सरकारले ०७३ कात्तिक २४ गते ९नोभेम्बर ९, २०१६० देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसयता नोट सटहीका लागि नेपाल सरकार र राष्ट्र बैंकमार्फत पटक–पटक प्रयास भए पनि भारतीय पक्षले चासो नदिएको हो ।

पछिल्ला दिनमा भारतीय पक्षले यससम्बन्धी कुरै सुन्न छाडेकाले नेपालमा रहेका भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरूको भनाइ छ । सरकारले प्राथमिकताका राखेर गम्भीर पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारुसमेत साट्न नसकिएको उनीहरूको भनाइ छ । ‘हामीले हदैसम्म प्रयास गरेका छौं,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘भारतीय पक्षले चासो दिएको छैन । यो स्थिति जति लम्बिँदै जान्छ, नोट साटिने सम्भावना पनि कम हुँदै जान्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस