२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समर्थकलाई समाऊ : गृह

अ+ अ-

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिँदै चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरूले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् ।

विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विष्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रूपमा मतदातालाई धम्क्याउने रणनीति बनाएको स्रोतले बताएको छ । उनीहरूले स्थानीय तहका पदाधिकारी र उम्मेदवारलाई निर्वाचन बहिष्कार गर्ने आफ्नो पार्टीको नीतिलाई सहयोग गर्न भन्दै पत्र लेखेका छन् । तर, पत्रमा चन्दा दिनुपर्ने भने उल्लेख छैन ।

स्रोतका अनुसार, सम्बन्धित व्यक्तिलाई पत्र थमाएपछि मौखिक रूपमा रकम माग्ने गरेका छन् । देखिने गरी कसैलाई केही नगरे र नभने पनि विप्लवका कार्यकर्ताले गुप्त रूपमा प्रदेश २ बाहेक मुलुकभरि नै निर्वाचनविरोधी गतिविधि र चन्दा आतंकलाई सक्रिय बनाएको सुरक्षा स्रोतले बताएको छ । विप्लव कार्यकर्ताले आफ्नो पार्टीले अख्तियार गरेको चुनाव खारेजीको नीतिलाई सहयोग पुर्‍याउन सम्बन्धित जिल्लाका सरकारी कार्यालय प्रमुख, व्यापारी र दलका उम्मेदवारलाई धम्कीपूर्ण भाषामा चन्दा माग्न थालेका छन् । उनीहरूले कुनै पनि हालतमा निर्वाचन बिथोल्ने भन्दै मतदान बहिष्कार गर्न मतदातालाई दबाबसमेत दिन थालेका छन् ।

गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिइएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments