चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब


२२ कार्तिक २०७४, बुधबार


काठमाडौं । वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन आदेश परिमार्जन गर्न लगाएर समितिमा दुईजना आफूनिकट व्यक्तिलाई सदस्य थप्न दबाब दिइरहेका छन् ।

वन मन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।

चुरेको वार्षिक बजेटमा हालिमुहाली गर्न पाइने उद्देश्यले मन्त्री पाण्डेलाई वनका पूर्वपदाधिकारीले उस्काइरहेको स्रोतले बतायो । ‘मन्त्रीको निर्देशनमा गठन आदेश नै परिमार्जन गर्ने तयारी भइरहेको छ । प्रशासनले टिप्पणी उठाइरहेको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार वन मन्त्रालयबाट एक वर्षअघि अवकाश पाएका सहसचिव बाबुराम भण्डारीले आफूलाई चुरे समितिको बोर्ड सदस्य बनाउन मन्त्रीलाई दबाब दिइरहेका छन् । बोर्ड सदस्य थप्ने प्रपञ्चमा लागेका उनी गठन आदेश संशोधन फाइल आफैं लिएर हिँडिरहेका छन् । भण्डारी मन्त्री पाण्डेकै क्षेत्र चितवनवासी हुन । चुरेमा ल्याउन लागिएको अर्का व्यक्तिको परिचय खुलेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस