घरजग्गा किनबेचमा अर्बौं राजस्व छली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली


२२ कार्तिक २०७४, बुधबार


काठमाडौं । सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रूपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मातपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो ।

मुलुकभरका घरजग्गाकाकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाइनमार्फत निगरानी गरिएपछि एकै वर्षमा आठ अर्ब रूपैयाँ राजस्व बढेको छ । यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल, र लेखापढी व्यवसाीलगायतको मिलेमतोमा अर्बौं रूपैयाँ राजस्व छली हुँदै आएको देखाएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस