बाढीपीडितलाई ४ अर्बको राहत प्याकेज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीपीडितलाई ४ अर्बको राहत प्याकेज


२१ कार्तिक २०७४, मंगलबार


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाका चुनावको ठीक अघि सरकारले बाढीपीडितको सहयोगका लागि ४ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अर्थ मन्त्रालयलाई तत्काल चार अर्ब रुपैयाँ प्रदान गर्न निर्देशन दिएको हो । यो रकम तीन वर्षअघिदेखिका बाढीपीडितलाई प्रदान गरिनेछ ।

‘मन्त्रिपरिषद्ले बाढीपीडितको राहतका लागि तत्कालै चार अर्ब रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ,’ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले भने । गत वर्षायाममा बाढीले तराईका विभिन्न जिल्लाका करिब एक लाख घरमा क्षति पुर्याएको थियो । पीडितलाई उचित राहत उपलब्ध नगराएको भन्दै आलोचना भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस