प्रहरी बढुवामा आयोगले दियो सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी बढुवामा आयोगले दियो सहमति


२१ कार्तिक २०७४, मंगलबार


काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसँग सहमति मागेको थियो ।

आयोगले सोमबार मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक, तीन प्रहरी नायब महानिरीक्षक, पाँच प्रहरी वरिष्ठ उपरीक्षक, पाँच प्रहरी नायब उपरीक्षक र सात प्रहरी निरीक्षकलगायतको बढुवा गर्न सहमति दिएको छ ।

चुनावको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृहका अधिकारीलाई दबाब दिँदै बढुवा गर्न आयोगसमक्ष सहमति माग्न लगाएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस