ठाकुरको बढुवा, केसी र गुरागाईं सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ठाकुरको बढुवा, केसी र गुरागाईं सरुवा


२१ कार्तिक २०७४, मंगलबार


काठमाडौं । सरकारले बरिष्ठ सहसचिवल अनिल कुमार ठाकुरलार्इ सचिवमा बढुवा गरेको छ।

सचिव बढुवा सिफारिस समितिले ठाकुरलगायत तीन जना वरिष्ठ सहसचिवलाई सचिवका लागि सिफारिस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बरमा रहेका ठाकुरलाई सचिवमा बढुवा गरेको हो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक महेन्द्र गुरागाईंलाई लोकसेवा आयोगको सचिवमा सरुवा गरेको छ । सचिवमा बढुवा भएका ठाकुरलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा पदस्थापन गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस