२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५८ को उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौं । दोस्रो चरणको चुनावमा प्रत्यक्षतर्फ २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो ।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको पहलमा ठाकुरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता गराइएको हो । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार फिर्ता भएका छन् । फोरम नेपालका मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिई कार्कीलाई सघाउने भएका छन् ।

सुनसरीकै क्षेत्र नम्बर १ मा फोरम नेपालका उम्मेदवार अशोक राईलाई कांग्रेसले सघाउने भएको छ । सुनसरीमा कांग्रेस र फोरम नेपालबीच एकले अर्कालाई समर्थन गरेपछि आठजनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी काभ्रेपलान्चोकमा कांग्रेसलाई सघाउने भन्दै राप्रपालगायत दलका १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मंसिर २१ मा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गत बिहिबार ४ हजार ८ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आइतबार साँझ दिएको जानकारीअनुसार अब ४ हजार ७ सय ४७ जनाको उम्मेदवारी कायम भएको छ ।

२ जनाको रद्द, ४ जनाको दाबी विरोधबाट उम्मेदवारी खारेज र २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न पनि दिइसकेको छ । निर्वाचन चिह्न दिइएका उम्मेदवारको अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ पदका लागि मंसिर २१ मा चुनाव हुँदैछ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments