अझै लाखौँ निरक्षर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अझै लाखौँ निरक्षर


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । सरकारले एक दशकअघि दुई वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा गरेको थियो । तर, निरक्षर उन्मूलन अभियान सुरु गरेको एक दशकसम्म सरकारको घोषणा पूरा हुन सकेको छैन । सरकारले ०६५ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन गरेको थियो । अनौपचारिक शिक्षा केन्द्रका अनुसार अहिलेसम्म जम्मा ३८ जिल्लाले साक्षर जिल्ला घोषणा गरेका छन् ।

०६५ मा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा दुई वर्षमा नेपालमा १५ देखि ६० वर्षसम्मको निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन भएको थियो । दुई वर्षमा निरक्षरता उन्मूलन नभएपछि अर्कोपटक तीन वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । त्यसैगरी पटक–पटक घोषणा गरे पनि अहिलेसम्म लक्ष्यमा पुग्न सकेको छैन ।

अहिले नेपालमा १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर रहेको तथ्यांक छ । अनौपचारिक शिक्षा केन्द्रले ०६७/६८ मा गरेको घरधुरी सर्वेक्षणका आधारमा नेपालमा अझै पनि सो समूहका तीन लाख निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रका अधिकारीको भनाइ छ ।
०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भयो । त्यसबाट पनि पूर्ण सफलता पाउन नसकेपछि ‘साक्षर नेपाल अभियान’ थालियो । साक्षर नेपाल अभियानमा सघन रूपमा कक्षा सञ्चालन भए, सबै पढ्न आएनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस