२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

अ+ अ-

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ ।

ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताए ।

सडक विभागका अनुसार नागढुंगास्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई सिस्नेखोलासम्मको सडकखण्ड ४.५१ किलोमिटर हुनेछ । त्यसमध्ये सुरुङको भाग २.४५ किमि हुनेछ । सुरुङमार्ग निर्माणको सम्पूर्ण काम ४२ महिनामा सकिने विभागले जनाएको छ । सुरुङमार्गको कुल बजेट २२.५६ अर्ब अनुमान गरिएको छ । त्यसमध्ये १६.५६ अर्ब दातृ निकाय जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी (जाइका)को हुनेछ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ । जाइकाले दिने आर्थिक सहयोग सहुलियत ऋण हो । त्यसबापत नेपाल सरकारले जापानलाई १० वर्षपछि ०.०१ प्रतिशतका दरले ब्याज भुक्तान गर्नुपर्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरका अनुसार जापानको सहुलियत ऋणबाट बन्न लागेको यो नेपालकै पहिलो परियोजना हो । ‘सुरुङमार्ग निर्माणका लागि जापानले सहुलियत ऋण दिएको छ । यसले महत्वपूर्ण अर्थ राख्छ । नेपालको पूर्वाधार निर्माणमा यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,’ मन्त्री बलायरले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments