प्रशासनिक पुनःसंरचना अवरुद्ध « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रशासनिक पुनःसंरचना अवरुद्ध


२० कार्तिक २०७४, सोमबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सामान्यको काममा समय दिन नसक्दा प्रशासन पुनःसंरचनालगायत महत्वपूर्ण काम अवरुद्ध भएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रालयको जिम्मेवारी एक सातादेखि आफै सम्हालेपछि मन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको वैठक पनि बस्न सकेको छैन । तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत अध्यक्षताको समितिले केही महिनादेखि प्रशासनिक पुनःसंरचनाको काम तीव्र गतिमा अघि बढाउँदै आएको थियो ।

प्रधानमन्त्रीले बस्नेतलाई बिनाविभागीय बनाएर मन्त्रालयको जिम्मेवारी आफै लिएपछि पुनःसंरचनाको काम अवरुद्ध भएको मन्त्तालयका अधिकारीले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस