२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा नेविसंघले शुरू गर्यो ‘एक बुथ, ५० युथ’ अभियान

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर ‘एक बुथ, ५० युथ अभियान’ सुरू गरेको छ ।

गत असोज २१ गते देशै भरका क्याम्पस इकाई, स्ववियू सभापति, क्षेत्रिय र जिल्ला अध्यक्षका साथै निर्वतमा केन्द्रिय समितिलाई प्रशिक्षण दिएको नेविसंघले ‘एक बुथ, ५० युथ अभियान’ सुरू गरेको हो । वाम गठबन्धन ‘अधिनायकवाद लाद्ने प्रपञ्च’ भएको ठहर गर्दै नेविसंघले कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न अभियान थालिएको नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए ।

‘अभियानअन्तरगत हरेक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीलाई खटाइएको छ’, अध्यक्ष भने, ‘केन्द्रीय समितिमा प्रतिनिधित्व नभएका ८ जिल्लामा सम्बन्धित प्रदेश उपाध्यक्ष र सह–महामन्त्रीलाई संयुक्त रूपमा खटाइएको छ ।’

उनीहरुले सम्बन्धित क्षेत्रका उम्मेदवारसँगको समन्वयमा प्रचारप्रसार अभियानसहित अन्य चुनावी गतिविधि सञ्चालन गर्नेछन् भने हरेक शनिबार पार्टीमा त्यसको प्रतिवेदन बुझाउने छन् ।

साथै, नेविसंघले चुनावका वेला हुन सक्ने सम्भावित उछृङ्खल गतिविधिलाई रोक्न प्रत्येक निर्वाचन बुथमा ५० जना युवालाई स्वयंसेवकको रुपमा खटाउने उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

0 Comments