टीकापुर घटनाका आरोपित पनि उम्मेदवार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टीकापुर घटनाका आरोपित पनि उम्मेदवार


१९ कार्तिक २०७४, आइतबार


धनगढी । दुई वर्षअघि टीकापुरमा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाका फारार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

राज्यको नजरमा फरार रहेको व्यक्तिले उम्मेदवारी दर्ता गर्नु गैरकानुनी भएको कानुनी व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अदालतमा मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तले पनि उम्मेदवार बन्न पाउने कानुनी प्रावधान भएको उनको भनाइ छ ।

रेशमविरुद्ध कसैको पनि उजुरी परेको छैन । नेपाल बार एसोसियसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए। ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन’ उनले भने ।

अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने उल्लेख भएको स्पष्ट पारे । ‘अयोग्य व्यक्तिले गैरकानुनी रूपमा वारेसनामा दिएका व्यक्तिले उम्मेवारी दर्ता पाइँदैन’ उनले भने । यो गैरकानुनी हो उनले भने ।

मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन । टीकापुर घटनामा संलग्न भएको भन्दै रेशविरुद्ध कर्तव्य ज्षन मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी तीनवटा मुद्दा जिल्ला अदालतमा परेको छ। त्यही मुद्दामा २५ जना दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । घटनाका मुख्य योजनाकार भनिएका रेशम दुई वर्षदेखि फरार छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस