२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर घटनाका आरोपित पनि उम्मेदवार

अ+ अ-

धनगढी । दुई वर्षअघि टीकापुरमा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाका फारार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

राज्यको नजरमा फरार रहेको व्यक्तिले उम्मेदवारी दर्ता गर्नु गैरकानुनी भएको कानुनी व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अदालतमा मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तले पनि उम्मेदवार बन्न पाउने कानुनी प्रावधान भएको उनको भनाइ छ ।

रेशमविरुद्ध कसैको पनि उजुरी परेको छैन । नेपाल बार एसोसियसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए। ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन’ उनले भने ।

अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने उल्लेख भएको स्पष्ट पारे । ‘अयोग्य व्यक्तिले गैरकानुनी रूपमा वारेसनामा दिएका व्यक्तिले उम्मेवारी दर्ता पाइँदैन’ उनले भने । यो गैरकानुनी हो उनले भने ।

मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन । टीकापुर घटनामा संलग्न भएको भन्दै रेशविरुद्ध कर्तव्य ज्षन मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी तीनवटा मुद्दा जिल्ला अदालतमा परेको छ। त्यही मुद्दामा २५ जना दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । घटनाका मुख्य योजनाकार भनिएका रेशम दुई वर्षदेखि फरार छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments