यस्तो छापियो नयाँ मतपत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छापियो नयाँ मतपत्र


१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन् ।

मतदाताभन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ । समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिकभन्दा अघि नै छापिसकेको छ । अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस