२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले

अ+ अ-

काठमाडौं । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ ।

अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलनसम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाबसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा. वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।

दक्ष चिकित्सकले उपचार नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापरबाही हुने गरेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । बिरामीसँग डाक्टरले उचित राय, परामर्श र छलफल नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाहीका घटना हुने गरेका छन् । प्रतिवेदनका अनुसार नेपालमा ८० प्रतिशत डाक्टरले बिरामीसँग कसरी कुुरा गर्ने भन्ने समेत जान्दैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments