प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव


१७ कार्तिक २०७४, शुक्रबार


काठमाडौं । काठमाडौं प्रहरीको २०६० यताको आपराधिक गतिविधिमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए। अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको।

दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन् । मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ ९ख० को बाट उम्मेदवार बनेका छन् । लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे २ ९ख० मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे ।

लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् । २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस