२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली र दाहालको तामझाम, देउवाको उम्मेदवारी वारेसमार्फत

अ+ अ-

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार मुलुकभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। जुलुस, नाराबाजी र बाजागाजासहित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दोस्रो चरणमा प्रमुख दलका प्रमुख नेता उम्मेदवार बनेका छन् । बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वाम गठबन्धनका नेताले सामूहिक रूपमा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका थिए । ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानका लागि उम्मेदवारी दर्ता भएको हो ।

उच्च हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते हुँदै छ । संविधानसभाबाट संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड र गठबन्धनका कारण थोरै मात्र दलले प्रतिनिधिसभामा प्रवेश पाउने आकलन गरिएको छ । साना दल पनि ठूला दलका गठबन्धनमा मिसिएर चुनावमा सहभागी भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता(कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए । ओली झापा– ५ र दाहाल चितवन– ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments