अनुहारको डन्डीफोर हटाउन अपनाउनुस् यी उपाय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनुहारको डन्डीफोर हटाउन अपनाउनुस् यी उपाय


१७ कार्तिक २०७४, शुक्रबार


डन्डीफोर, धेरै युवायुवतीको आम समस्या हो । झन् अनुहारको डन्डीफोरले मान्छेको सुन्दरता नै गुम्छ । सुन्दरता नगुमाउन कतिपयले बजारमा पाइने विभिन्न औषधी प्रयोग गर्छन् । तर, यसले समस्याबाट छुटकारा त परै जाओस, उल्टै अनुहार बिगारेको छ ।

डन्डीफोर समस्याबाट हैरान भएका युवायुवतीका लागि ब्युटिसियन निरुले डन्डीफोरको उपचार गर्ने घरेलु उपाय सुझाएकी छिन् ।

आवश्यक सामग्री

१/२ चम्चा मुल्टानी माटो
१/२ फिट्कीरीको धुलो
५ पिस लवाङको धुलो

बनाउने विधि

यो सबैलाई प्लास्टिकको बलमा गुलाब जल वा चिसो पानीले भिजायर पेस्ट बनाउने । त्यसपछि बेलुका अनुहारलाई सफा गरेर अनुहारमा ५–१० मिनेटसम्म लेप लगाएर हल्का मसाज गर्ने । त्यसपछि पखालेर लवाङको माइचराइजर लाउने । यसो गरे केही दिनमा डन्डीफोर हट्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस