आयल निगम जग्गा खरिद प्रकरण, अख्तियार स्थलगत अनुसन्धानमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयल निगम जग्गा खरिद प्रकरण, अख्तियार स्थलगत अनुसन्धानमा


१६ कार्तिक २०७४, बिहिबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगम इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो । अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकारवालासँग पनि छलफल सुरु गरेको छ ।

जग्गा खरिदको विषयमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीबराज कोइरालाले बताए । ‘आयल निगमले किनेको जग्गाको विषयमा गहिराईमा पुगेर अनुसन्धान भैरहेको छ,’ प्रवक्ता कोइरालाले भने, ‘आयोग टोलीले स्थलगत रुपमा प्रमाण संकलन गरिरहेको छ ।’

अख्तियारले निगमले जग्गा खरिद गर्दा प्रयोग गरेका कानुनी आधार, जग्गाको दररेट, भूबनोट, स्थानीयले प्राप्त गरेको रकम लगायतको विषयमा अनुसन्धानलाई केन्द्रित गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस