दुई भारतीय सुटर पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई भारतीय सुटर पक्राउ


१६ कार्तिक २०७४, बिहिबार


काठमाडौं । कमलादी क्षेत्रमा बुधबार दिउँसो अचानक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिरै दौडियो ।

त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो । प्रहरीले केहीबेरमै दुवै जनालाई पक्राउ गर्यो र गोली चलाउने उनीहरू नै रहेको पुष्टि भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीहरूको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउन्ड गोली बरामद भएको छ ।

सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो । ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडौं भित्रिएर हेरिटेज प्लाजामा बसेका थिए । आजको नागरीक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस